अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ ।
जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । भारतका शिवम् दुबे ६० रनमा अविजित रहे ।
अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।
अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले समान २ विकेट लिए । शिवम् दुबेले १ विकेट लिए । दोस्रो टी–२० खेल पर्सि हुनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ