२०८३ असार १० , बुधबार 25, June 2026, Thursday

भारतमा कोठाभित्र निसासिएर ५ बालबालिकाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २५ गते बुधबार

भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ।

अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो। पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो। त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए।

जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो।

जसमा दुई केटा र तीन केटी छन्। दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।’

प्रकाशित मिति : २०८० पुस २५ गते बुधबार