२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

एक किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २२ गते आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको हाे। दुबईबाट आएकी उनलाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको ‍हो।

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार