चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरुको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो ।
बिहानैदेखि मानिसहरुको बाक्लो हिँड्डुल हुने चोकहरु, अस्पताल, निलसागर आश्रम, मानव सेवा आश्रम लगायतका सामूहिक आश्रयस्थलमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
सबै सुरक्षा प्रमुखहरु सम्मिलित टोलीद्वारा सामूहिक आगो ताप्ने ब्यवस्था मिलाइएको हो । वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने (धुनी ) प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनले अनुरोध गरेको छ ।
‘शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय तथा संघसंस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरिसकेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके