२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० पुस १७ गते मंगलबार

बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान भएको छ । त्यसबाहेक तराईका सबै र पोखरा लगायतका पहाडी क्षेत्रका विमानस्थलमा पनि उडान भर्न सकिएको छैन । काठमाडौँ विमानस्थलमा भने कुनै समस्या नरहेको प्रवक्ता झाले बताएका छन् ।

प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार