२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा कटौती

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १६ गते सोमबार

सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा झन्डै ६० हजार रुपैयाँ खर्च हुने गरेको थियाे । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् ।

मन्त्रिपरिषद् बैठककाे खाजा कटौती भएसँगै वार्षिक झन्डै ६० लाख रुपैयाँ जोगिने  भएकाे छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्त्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे।

यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार