नेपालगञ्जमा स्कारपियाेकाे ठक्करबाट दुईजनाकाे मृत्यु भएकाे छ। सु प्र प्र ०१-००१ प ३४६४ नम्बरकाे स्कारपियाेले ठक्कर दिँदा पैदलयात्री नेपालगञ्जका २४ वर्षीया आस्था शाह र परिचय नखुलेका युवककाे मृत्यु भएकाे हाे।
अर्की २५ वर्षीया सहाना शाह घाइते भएकी छन्। उनकाे बायाँ खुट्टा भाँचिएकाे छ। गएराति १२.४३ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादाेमा दुर्घटना भएकाे थियाे। दुर्घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।
प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार
सत्यपाटी