बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा २ वटा अवार्ड जित्न सफल भएका छन् ।
चलचित्र २ नम्बरीबाट उनले अवार्ड जित्न सफल भएका हुन् । उनकाे याे डेब्यु चलचित्र हाे ।

मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौ ज्योति फिल्मस म्युुजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् ।

चलचित्र ‘२ नम्बरी’ दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको हो ।
चलचित्रमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लविचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबीचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।
चलचित्रमा सौगात मल्लको गेटअप र संवाद बोल्ने शैलीसमेत फरक छ । चलचित्रमा बालकलाकार श्रेयस पौडेलको अभिनय निकै नै राम्रो छ ।
चलचित्रमा यी चार कलाकारको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।
सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङनी सहनिर्माताको रूपमा छन् ।
सत्यपाटी