पछिल्लो पाँच महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।
यस अवधिमा झण्डै ३ लाख नेपाली नागरिक कामको खोजीमा विदेशिएका छन् । विभागका अनुसार यस अवधिमा ५४५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको छ । तथ्यांक अनुसार मंसिर महिनामा मात्र ११० जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका छन् ।
यस महिनामा १५९ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण भएको विभागको तथ्यांक रहेको छ । यो अवधिसम्म प्रतिष्ठान काम काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे १२ वटा अनुगमन भएको विभागले जनाएको छ । मंसिरसम्म थप एक ट्रेड यूनियन महासंघ दर्ता भएको छ । दुई वटा ट्रेड युनियन दर्ता भएका छन् ।
ट्रेड युनियन नवीकरणको संख्या ७ रहेको छ । यो अवधिमा २ वटा औद्योगिक दुर्घटनाको उजुरी आएको विभागले जनाएको छ । विभागमा श्रमिकबाट ३८७ दाबी उजुरी र ७३ वटा सामूहिक उजुरी परेको छ । यो अवधिमा २३६ वटा श्रमिक आपूर्तिकर्ताको इजाजत नवीकरण भएको छ । १८६ वटा श्रम विवाद यो अवधिमा समाधान गरिएको विभागले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं