२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday
सुनको मूल्य बढ्यो

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख २२ हजार रुपैयाँ

कतिमा भइरहेको छ कारोबार ?
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १२ गते बिहीबार

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार