सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा तरूण दलले बनायो ६० टहरा

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।

तरुण दलको टोलीले मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेको केन्द्रीय सदस्यका केन्द्रीय सदस्य अशोक झाले बताए ।

अध्यक्ष विद्वान गुरूङ नेतृत्वको टोली ८ दिनदेखि भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको झापाको भनाइ छ ।

खलंगामा करिब ३० वटा टहरा बनाउने तरूण दलको टोलीको तयारी छ। नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रूकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो।

कांग्रेसले एक हजार वटा अस्थायी टहरा बनाउने जिम्मा लिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी टहरा बनाउने अभियान थालेका थिए ।

यो बीचमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, नैनसिंह महर, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, गुरु बराल, अजयबाबु शिवाकोटी लगायतका नेताहरु टहरा निर्माण गरी फर्किसकेका छन् ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १२:०६

लोकप्रिय