२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सोमबार र मङ्गलबार सेयरबजार नखुल्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ८ गते आइतबार

यो साताको सोमबार र मङ्गलबार सेयरबजार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको बिदाको सूचीमा सोमबार क्रिशमस डे र मङ्गलबार उधौली पर्व तथा योमरी पुन्ही पनि रहेका छन् ।

यस कारण भोलि र पर्सि सेयर कारोबार नहुने भएको हो । यो साता तीन दिन मात्रै सेयर कारोबार हुने भएको छ ।

आगामी आइतबार पनि तमु ल्होसारको उपलक्ष्यमा सेयरबजार बन्द रहनेछ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार