२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

एसीसी यू-१९ : उपाधिका लागि यूएई र बङ्लादेश खेल्दै

एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् ।

खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा पुगेको हो ।

यूएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्लादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार