सूचनाको शक्ति - The Power Of Information

        

पलको मुद्दामा सर्वोच्चको निस्सा, यसअघिको फैसला कार्यान्वयन नहुने

उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।

पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो ।

सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।

उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुनः फैसला गर्नु पर्नेछ ।

नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

371503492_274205418981667_4990771021727016081_n-1702698372.jpg

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १३:५०

लोकप्रिय