पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् ।
आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।
श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।
पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।
_V3AMiCdIPX.jpg)
प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार
सत्यपाटी