सूचनाको शक्ति - The Power Of Information

        

१० वर्षभन्दा मुनिकाले निःशुल्क रुपमा फिल्म `चित्रा´ हेर्न पाउने

फिल्म `चित्रा´ निर्माण टिमले १० वर्षभन्दा मुनिकालाई निःशुल्क रुपमा फिल्म देखाउने घोषणा गरेका छन् ।

त्यस्तै, कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएका छन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्।

आशिष थापा मगरको  निर्माण रहेको फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा लेखन रहेको छ।

बाबु-छोरीको कथामा आधारित रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्क्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे, बालकलाकार आयुशी ढकाल आदिको मुख्य भूमिका छ ।

फिल्म आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १०:४९

लोकप्रिय