२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

पूर्णकला र बिमलको `पछ्यौरी चुन्निको´ रिलिज (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २५ गते सोमबार

लोकप्रिय गायिका पूर्णकला बिसी र गायक बिमल परियारको सुमधुर आवाज रहेको नयाँ गीत रिलिज भएको छ।

‘पछ्यौरी चुन्नीको’ बोलको गीत रिलिज गरिएको हो।गीतमा तिलक रामदमको शब्द अनि संगीत रहेको छ। पुराना अरेन्जर जुजु गुरुङको गीतमा म्युजिक अरेन्ज रहेको छ।

भिडियोमा तिलक रामदाम स्वयं देखिएका छन्। तिलकलाई अभिनयमा रिना गुरुङले साथ दिएकी छिन्। भिडियोलाई शेर साउदम निर्देशन गरेका छन्। मुकेश हुमागाईँले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार