सूचनाको शक्ति - The Power Of Information

        

५ सय करोड क्लब नजिक एनिमल

रणवीर कपुरको ‘एनिमल’ ले रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो ।

उता विश्वव्यापी कलेक्सनमा चलचित्र ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ ।

स्याकनिल्कका अनुसार मंगलबार चलचित्रको हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो । बुधबार चलचित्रले घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गर्ने अपेक्षा गरिएको छ ।

उता एनिमलसँगै रिलिज भएको विक्की कौशलको साम बहादुरले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । सोमबार पनि चलचित्रले सोही रकम बराबरको कारोबार गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १५:३८

लोकप्रिय