सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।

काठमाडौँसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ ।

हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १६:३४

लोकप्रिय