२०८३ असोज ४ , आइतबार 20, September 2026, Sunday

चोरीको मोटरसाइकलसहित ७ जना पक्राउ

केही महिनायता  बाँकेमा चोरीका मोटरसाइकलको स्वरूप नै फेरेर बेच्दै आएको गिरोह फेला परेको छ ।

दुई महिना यता मात्र बाँकेमा  २२ वटा  मोटरसाइकल चोरी  भएका छन् । चोरी भएका  सात वटा मोटरसाइकलसहित साथ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।

उपमहानगर क्षेत्रमा दिनहुँजसो स्थानीय बासिन्दाका घर, पसल तथा कार्यालयअगाडि पार्किङ गरेर राखिएका मोटरसाइकल तथा स्कुटर चोरी हुने गरेका छन् ।

दिनहुँ मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेपछि नेपालगन्ज उपमहानगरवासी आतंकित भइरहेका छन् । पीडितले दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा चोरीका घटना टिपाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले चोरीका मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाइएको पाइएको बताए ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार