भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन ।
यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।
सनाखत हुननसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन