सूचनाको शक्ति - The Power Of Information

        

प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । समितिको आज बसेको केन्द्रीय समिति बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि कार्यक्रम स्थगित गरेको हो ।

अभियानले यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ ।

अभियानले शनिबार काठमाडौंको सिफलमा कार्यक्रम गरेको थियो । शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने भनिए पनि प्रशासनले नदिएपछि धरपकड मात्रै भएको थियो । अभियानले बिहीबार बल्खुमा कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०९:४८

लोकप्रिय