२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

यस्तो छ रणवीर कपूरको फिल्म ‘एनिमल’ को ट्रेलर (भिडिओ)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर ७ गते बिहीबार

बलिउड अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा रणवीरको एक्सन दृश्य देख्न सकिन्छ। उनी आफ्नो बाबु (अभिनेता अनिल कपूर) को लागि लडाई गरिरहेको ट्रेलरमा देख्न सकिन्छ। फिल्ममा बदलाको भाव अनुसार कथा समेटिएको छ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्।

यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा १ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रकाशित मिति : २०८० मंसिर ७ गते बिहीबार