चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दैछ।
तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ। नेपाल र जापानको खेल शनिबार बिहान ७ : १५ बजे हङकङमा सुरु हुँदैछ।
पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।
चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्तवना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।
एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ