आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो ।
जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन् ।
त्यस्तै कप्तान केन विलियम्सन ६९, ग्लेन फिलिप्सले ४१ रन रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए ।
यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।
भारतका विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । कोहलीले १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएयस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान रोहित शर्माले २९ बलमा ४७ र केएल राहुलले ३९ रन जोडे ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ