२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

पाँच एसपी एसएसपीमा बढुवा सिफारिस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक २५ गते शनिबार

गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिसमाथि एक सातापछि निर्णय हुनेछ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार