२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

चाडपर्वमा विस्फोटक पदार्थ प्रयोग गरे कारबाही गर्ने प्रहरीको चेतावनी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २४ गते शुक्रबार

नेपाल प्रहरीले तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रहरीले एक सूचना जारी गर्दै यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिमका साथै चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत रहन भनेको छ । 

प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गर्दै त्यसो गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार