बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट चुदाराको घटनास्थलमै ज्यान गएको हो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी तिवारीले जानकारी दिए ।
प्रकाशित मिति : २०८० कात्तिक २३ गते बिहीबार
सत्यपाटी