२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

राष्ट्रपति पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २२ गते बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पपीडितको राहतको लागि राष्ट्रपति पौडेलले सो कोषमा रकम प्रदान गर्ने राष्ट्रपतिको चिवालयले जनाएको छ ।

मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार