२०८३ असार १२ , शुक्रबार 27, June 2026, Saturday

क्यामरुनमा आतंकवादी हमला हुँदा २० जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २२ गते बुधबार

क्यामरूनको एउटा गाउँमा आतंकवादी हमला हुँदा २० जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

क्यामरुनको एग्बेकाउ गाउँमा भएको उक्त आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

क्यामरुनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ ।

क्यामरुनमा सन् २०१७ मा पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरेदेखि नै क्यामरूनका अंग्रेजी भाषीहरु उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरू द्वन्द्वको चपेटामा पर्ने गरेका छन् । यसले फ्रेन्कोफोन बहुमतद्वारा कथित भेदभावको बारेमा दशकौंको गुनासोलाई पछ्याएको छ ।

मध्य अफ्रिकी राष्ट्रमा ४० वर्षसम्म कठोर शासन गरेका राष्ट्रपति पल बियाले व्यापक स्वायत्तताको मागलाई सम्बोधन गर्न नसकेका कारण विद्रोह मच्चिएको विश्लेषण गरिएको छ ।

द्वन्द्वका कारण क्यामरुनमा ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिस थातथलो छोड्न बाध्य भएका छन् । पृथकतावादी र सरकारी फौज दुवैमाथि युद्धमा ज्यादती गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार