बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परी एक जनाको हात चुँडिएको छ ।
बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको वडा नं २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिनुभयो । थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको अध्यक्ष रुचालले बताउनुभयो ।
हात काटिएपछि उपचारका लागि कोहलपुर दसबिघास्थित शिक्षण अस्पताल कोहलपुर पुर्याइएको र त्यहाँ उपचार सम्भव नहुने चिकित्सकले बताएपछि नेपालगञ्जस्थित वेष्टर्न हस्पिटल ल्याइएको थारुका आफन्त रतन थारुले जानकारी दिनुभयो ।
वेष्टर्न हस्पिटलमा पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।
शिक्षण अस्पतालमा पनि उपचारका लागि नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सबै चिकित्सक आवश्यक पर्ने तर अहिले हस्पिटलमा सबै जना चिकित्सक उपलव्ध नभएकाले थप उपचारका लागि रामगोपाललाई भारतको लखनउ लगिएको रतनले जानकारी दिनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके