सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

पहिरो खस्दा सडक अवरुद्ध, घरबाट हाम फाल्दा एक घाइते

सोमबार दिउँसोको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ । भुइँचालोले पहिरो खसेपछि जाजरकोट–डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

यस्तै, भूकम्प आएपछि आत्तिएर घरबाट हाम फाल्दा भेरी नगरपालिका–१ रावत गाउँमा एक जना घाइते भएको विवरण पनि प्राप्त भएको प्रहरीको भनाइ छ । सोमबार अपरान्ह ४ः३१ मा जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पले धक्का दिएको थियो ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । शुक्रबार मध्यरातको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १९:४२

लोकप्रिय