फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । गत शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामीडाँडालाई नै केन्द्रबिन्दु बनाएर आज सोमबार अपराह्न ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्पपछि मानिसहरूको त्रास फैलिएको छ भने भागदौड मच्चिएको छ । शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन् । यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार
सत्यपाटी