सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटका घाइते काठमाडौं ल्याइने, वीर र ट्रमा सेन्टर तयारी अवस्थामा

जाजरकोटमा गएराति गएको भूकम्पमा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी काठमाडौं ल्याइने भएको छ ।

भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आइसीयू तयारी अवस्थामा राखिएको जानकारी दिए ।

‘घाइतेलाई काठमाडौं ल्याइँदैछ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्यौं,’ डा.बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं । चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन् । वीर अस्पतालबाट डा.खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जिल्ला अस्पताल जाजरकोट पुगेर घाइतेहरुको उपचारमा खटिएको काम सुरू गरेको उपकुलपति खड्काले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १६:२२

लोकप्रिय