२०८३ जेठ ११ , सोमबार 25, May 2026, Monday

जाजरकोट भूकम्प : मृतक सङ्ख्या १३६ पुग्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप चार जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १३६ पुगेको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।

भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार