२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

‘कबड्डी ४’ युट्युबमा पनि सुपरहिट

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १६ गते बिहीबार

हलमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’ले युट्युबमा पनि लोभलाग्दो भ्युज पाइरहेको छ ।

मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्मसले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो ।

युट्युवमा सार्वजनिक भएको एक दिनमै फिल्मले ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको छ ।

बिहीवार दिउँसोसम्म २४ लाख हाराहारीले फिल्म हेरिसकेका छन् ।

यो फिल्म हलमा अघिल्लो वर्ष जेठ १३ गतेबाट प्रदर्शनमा आएको थियो ।

फिल्मले घरेलु बक्स अफिसमा २२ करोड रूपैयाँ बढी कमाइ गरेको थियो ।

दयाहाङ राई, सौगात मल्ल, मिरूना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार