बुद्ध एयर प्रालिले फेरि नयाँ जहाज भित्र्याएको छ । कम्पनीले नाइनएन एओसी कलसाइन रहेको एटीआर–७२ जहाज शुक्रबार ल्याएको हो ।
कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर आगामी एक महिनाभित्रमा उडान सेवा शुरु गर्ने जनाएको छ । योसँगै कम्पनीसँग अब जहाजको संख्या १७ पुगेको छ । जसमा १४ वटा एटीआर–७२ र तीनवटा एटीआर–४२ छन् ।
हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।
हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान गर्दै आएको छ भने अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं