२०८३ असार १३ , शनिबार 28, June 2026, Sunday

अब नागरिक एपबाटै लाइसेन्स चेकजाँच !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १३ गते सोमबार

तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चीट काट्ने छैन ।

नागरिक एपमा तपाईको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ । नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सरकारले जनाएको छ ।

नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापीरुपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ । यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार