कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ ।
फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।
भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग सुरुआती जानकारी छ कि कतारको अदालतले अलदाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्ने छौं ।’ भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं