सद्भावको सहर बाँकेमा हिजो एकादशीको दिन शान्तिपूर्वक दुर्गा भगवतीको मूर्ति विसर्जन गरिएको छ । नगर परिक्रमा गरी राप्ती नदी तथा मानखोलामा मूर्ति विसर्जन गरिएको हो ।
शान्तिपूर्वक रुपमा मूर्ति विसर्जनका लागि चोकचोकमा प्रहरी तैनाथ गरिएकाे थियाे । बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैँमा स्थापना गरिएका करिब ४ सयभन्दा बढी धेरै मूर्ति विसर्जन गरिएको छ। कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका यस्ता मूर्ति मानखोलामा विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा स्थापना गरिएका करिब चार सय दुर्गा भगवतीका मूर्तिहरू शान्तिपूर्वक विसर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोन क्यामराबाट निगरानी राखिएको बताउनुभयो ।
मूर्ति विसर्जनका क्रममा कुनै पनि अप्रिय घटना नभएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोराले बताउनुभयो । नेपालगञ्जमा दशैँको घटस्थापनाको दिनमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति एकादशीको दिन बाजगाजासहित नगर परिक्रमा गराएर राप्ती नदी र मान नदीमा लगेर विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।
बाँके प्रशासनले कुनै अवरोध नहोस् भनेर हिजो दिनभरी बाँकेमा जाँडरक्सीको बिक्री गर्न र खान प्रतिबन्ध लगाइएको थियो । यस्तै, हिजो एक दिनका लागि भारतसँगको जमुनाहा नाका पनि बन्द गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके