चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ ।
‘गाजले’ शीर्षकको गीतमा राम अविरल विस्टको शब्द रचना, एसडी योगीको संगीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।
मंसिर ८ मा रिलिज हुने चलचित्रको यो गीतमा प्रमुख कलाकार मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड छन् । गीतमा प्रेम भाव प्रकट गरिएको छ ।
भुसाल र बर्देवाले यसअघि चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । त्यसयता उनीहरू यो चलचित्रमा पुन एकसाथ देखिन लागेका हुन् ।
चलचित्र ‘बिच्छेद’लाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । चलचित्रको कथा अभिनेता मुकुन भुसालले लेखेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ