प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोक–आधुनिक शैलीको परदेशीले दशैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द–संगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङ–मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् ।
म्युजिक भिडियोको ‘लिड रोल’मा निर्देशक तथा चर्चित मोडल आशिर प्रताप जङ आफैँले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् ।
गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ