नेपालगञ्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा. धवल शम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले नेपालगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. राणालाई सीमा क्षेत्रको सुधारका लागि पहल गर्न आग्रह गर्दै ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उप–निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई, एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, ब्रह्मकुमारी दिदी मुना, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र अधिकारीले उद्योगी व्यवसायीका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।
संघका अध्यक्ष धामीको अध्यक्षता, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य, महिला उपाध्यक्ष मन्दिरा पाण्डेको धन्यवाद ज्ञापन र महासचिव भीमबहादुर रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमेमा उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख बोहरालाई पनि संघले स्वागत गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके