सूचनाको शक्ति - The Power Of Information

        

मर्मतपछि निगमका सबै जहाज सञ्चालनमा

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । अल्पकालीन ग्राउण्डेड उडान प्रभावित भएका कारण आवश्यक मर्मत पश्चात सबै जहाजहरु सञ्चालनमा आएको निगमले बताएको छ ।

निगमसँग अहिले कुल चार वटा जहाज छन् । २९ असोजदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ-आफ्नो गन्तव्यमा पुग्न सहज हुने निगमले जनाएको छ ।

अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना समेत गरेको छ । आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको जनाएको छ ।

यस्ता समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिएको समेत निगमले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १४:१८

लोकप्रिय