सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक गरियो मुकुन र लक्ष्मीको `बिच्छेद ´टिजर (भिडियो)

फिल्म ‘बिच्छेद’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता -अभिनेत्री मुकुन भुषाल र लक्ष्मी बर्देवालाई देखाइएको छ । सत्यराज चौलागाईंको निर्देशन रहेको  फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् ।

सह-निर्मातामा प्रविन राजथला रहेका छन् । फिल्ममा अभिनेता भुषाल स्वयंको कथा लेखन छ भने निर्देशक चौलागाईँले पटकथा लेखेका हुन् ।

आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मुकुन र लक्ष्मीका अलावा ‘बिच्छेद’मा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा आदिको पनि अभिनय रहेको छ ।

सङ्कल्प भुजेलको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा समीर मियाको भीएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १०:३८

लोकप्रिय