२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सयको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १ गते बुधबार

गाजाको एक अस्पतालमा इजरायली सेनाले गरेको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् । इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी चार हजार ५०० जना मारिएका बताइएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार