सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थमा मूल्य समायोजन

घटस्थापनाकै दिन पेट्रोल ११ रुपैयाँले सस्तो (सूचीसहित)

दसैंको पहिलो दिनमै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको हो । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्नेछ । स्वचालित प्रणाली अनुसार ल आयल निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार २२:२०

लोकप्रिय