इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरुको पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ ।
नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट हमासको आक्रमणमा घाइते भएका धनबहादुर चौधरी सहित २ सय ५४ जना नेपाली स्वदेश फर्केका हुन् ।
नेपालीहरुलाई नेपाल लिएर काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका अन्य नेपालीको उद्धारका लागि पनि आवश्यकता अनुसार जहाज पठाइने बताउनुभयो ।
यसअघी शुक्रबार बिहान स्वदेश फर्केका नेपालीहरुको स्वागतका लागि पर्यटनमन्त्री सुदन किराती, नेपालका लागि इजरायली राजदुत हनान गोदर लगायत परराष्ट्र मन्त्रायलका अधिकारीहरु बिमानस्थल पुगेका थिए । इजरायलबाट फर्केका आफ्ना परिवारका सदस्य लिनका लागि आफन्तहरुको घुइँचो लागेको थियो ।
उद्धार गरि ल्याइएका नेपाली मध्ये केही परिवार संगै घर फर्केका छन् भने घर टाढा भएकाहरुलाई नेपाल प्रहरीको बसबाट सम्बन्धित ठाउँमा पुर्याइएको थियो । स्वदेश फर्केका नेपालीहरु भावुक बनेका थिए।
नेपालको भूमी टेक्दा कतिपयका आँखाबाट खुसीका आँसु थाम्न नसक्ने गरी बगिरहेका थिए । हालसम्म इजरायलमा रहेका ५ सय ५७ जना नेपालीले नेपाल फर्कनका लागि अनलाइन प्रणाली मार्फत इजरायलस्थित नेपाली दुताबासलाइ आफ्नो विवरण उपलब्ध गराएका छन् ।
जसमध्ये ५ सय ३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा शुक्रबार २ सय ५४ जना स्वदेश फर्किएका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ