२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको प्रवेश, सरकार बेखबर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २५ गते बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूभागमा प्रवेश गरी मानसरोवर तीथार्टनमा गएका छन् । उनले दार्चुला जिल्लाको नेपाली भूमि व्यास गाउँपालिका अन्तर्गतका गाउँ हुँदै मानसरोवर पुगेका हुन् । उनको नेपाली भूमिमा आगमन बारे सरकारले कुनै जानकारी नगराइएको बताएको छ ।

यस बारेमा परराष्ट्र मन्त्रालय बेखबर बनेको छ । दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको प्रवेशबारे कुनै जानकारी नदिएको बताइन् । उनले अनौपचारिक माध्यमबाट आफूले जानकारी पाएको बताउँदै अन्य सरकारी निकायबाट खबर प्राप्त नगरेको बताइन् ।

उनले भनिन्, ‘नेपाली भूमिको प्रयोग गरी मानसरोवर जान लागेको स्थानीयमार्फत खबर पाएका छौं तर अन्य निकायबाट यस बारेमा आधिकारिक जानकारी आएको छैन ।’ यस विषयमा परराष्ट्र मन्त्रालयको जानकारी लिन खोज्दा मन्त्रालयका अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार