सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व दृष्टि दिवस

आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरी विश्व दृष्टि दिवस मनाउन लागिएको बताउनुभयो । आँखामा अन्धोपन ल्याउने मुख्य कारक मोतीबिन्दु हो ।

मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ । त्यस्तै, उच्च रक्तचाप हुँदा, सुगर हुँदा दृष्टि मधुरो हुँदै जाने जोखिम हुन्छ । नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेको छ । यो उमेर समूहका अधिक मानिस मोतिबिन्दुबाट पीडित हुने गरेका छन् ।

आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलबिन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धोपन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ । शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि ६/६ महिनामा आँखाको दृष्टि जचाउन विज्ञको सुझाव छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०८:०९

लोकप्रिय